एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ

एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड इसुयन्स सेवा शुभारम्भ



काठमाडौँ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहकहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड क्ष्ककगबलअभ सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Mastercard बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत नेपाल, भारत र भुटानबाट ATM withdrawal साथमा POS तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात Mastercard बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म VISA कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।