हत्याकाे आरोपमा पूर्वप्रदेश सांसद यादव पक्राउ

हत्याकाे आरोपमा पूर्वप्रदेश सांसद यादव पक्राउ



काठमाडौं । पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

शनिबार राति यादवलाई महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेकाे हाे । पक्राउ गरेपछि उनलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएकाे छ ।

यादवलाई सशस्त्र प्रहरी बलका असई थमन विककाे हत्याकाे आरोपमा मंसिर २८ गते, महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएकाे थियाे ।

यादव लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।