भारी वर्षाले भैरहवाको बैंकरोड जलमग्न

भारी वर्षाले भैरहवाको बैंकरोड जलमग्न



भैरहवा । आइतबार अत्यधिक वर्षा भएपछि भैरहवाको बैंकरोड जलमग्न भएकाे छ । यहाँका अधिकांस पसलहरुमा पानी पसेको छ ।

केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएको हो । पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।

भैरहवाको मुख्य बजार बैंकरोड, मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेको छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।