रास्वपा मकवानपुरका सचिवसहित ६ जनाले त्यागे पार्टी

रास्वपा मकवानपुरका सचिवसहित ६ जनाले त्यागे पार्टी



मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका ६ जना नेताले पार्टी त्यागेका छन् । जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

खनाल, मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौँडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ, हटौँडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बाँस्तोला, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले पार्टी त्यागेका हुनु ।

उनीहरूले पार्टी सत्तालिप्सा र भागवण्डामा केन्द्रित भएकाले आरोपसमेत लगाएका छन् । उनीहरूले पार्टी सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि प्रतिपक्षीलाई गाली गर्नेबाहेक केही नगरेको बताएका छन् ।