प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेट भएको हो । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरवारमा छलफल भएको थियो ।

शनिबार अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात् सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।

एमाले अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग लामो संवाद गरेपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओ‌लीबीच हिजो भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए ।

सभापति देउवा र अध्यक्ष ओलीबीच भएका छलफलका विषय सार्वजनिक नभए पनि यो भेटघाटलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ । यद्यपी नेताहरुले यो भेटवार्ता नियमित भएको बताएका छन् ।

प्रमुख दलका शीर्ष नेताहरुको भेटवार्ताको पृष्ठभूमिमा सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा दिउँसो ३ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।