एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव

एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले १०औं राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न ।

नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेतृत्वमा माधव नेपाल निविर्कल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जवज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन् ।

सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भैनसकेको दाबी गरेका छन् । त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन् । आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन् ।

उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।

उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन् ।