ओलीलाई प्रश्न- ‌प्रधानमन्त्रीकाे शपथ कहिले लिनुहुन्छ ?

ओलीलाई प्रश्न- ‌प्रधानमन्त्रीकाे शपथ कहिले लिनुहुन्छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले बन्ने, शपथ कहिले हो भनेर गरेको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’

देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

गत शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि राष्ट्रिय राजनीति तरंगित छ । भेटबारे देउवा र ओलीले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।