काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
दुई प्रमुख घटक कांग्रेस र एमालेबीच सत्ता समीकरणको सहमतिपछि उत्पन्न अवस्थाबारे छलफल गर्न प्रचण्डले बिहान ९ बजे पदाधिकारी बैठक डाकेका हुन् ।
काँग्रेस र एमालेबीच संविधान संशोधनसहित संसदको बाँकी कार्यकालमध्ये पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली र दोश्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरी मंगलबार मध्यराति सहमति भएको थियो ।
बैठकमा काँग्रेस–एमालेबीच सत्ता समीकरणको सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि संसद् फेस गर्ने भन्नेबारे छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।


प्रतिक्रिया