प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

विश्वासको मतको सामना गर्ने


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै अगाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउँदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।