संविधान संशोधनको पक्षमा उभिने राप्रपाको निर्णय

संविधान संशोधनको पक्षमा उभिने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ ।

राप्रपा संविधान संशोधनको पक्षमा रहेको बैठकपश्चात् पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए ।

“राप्रपा संविधान संशोधनको पक्षमा छ । परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ,” उनले भने ।

सोमबार राती संविधान संशोधन गर्न कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति भएकाे छ । दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउने सहमति समेत भएको छ ।