प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे : एमाले

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे : एमाले



काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ ।

एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफुहरुले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।

ज्ञवालीले एमाले यहि गठबन्धनलाई अगाडी बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरी कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफुहरुले पाएपछि मात्र यो कदम चालेको बताएका छन् ।

उनले भने, ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमालेजस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।’

साथै ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडी बढेको बताएका छन् ।