‘मुखमा कालो टेप लगाएर बैठकमा छु’

‘मुखमा कालो टेप लगाएर बैठकमा छु’


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ ।  रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा नजाने यस अघि नै निर्णय गरिसकेको छ ।