एआईजी जोशी अनिवार्य अवकाशमा

एआईजी जोशी अनिवार्य अवकाशमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् । मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।

अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

जोशीका ठाउँमा बढुवा गर्न डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।