अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रहरीले कैलालीबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष, बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेको प्रहरीले जानकारी दिएको ।

पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।