एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट सहभागी दुई मन्त्रीहरूले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूको विश्वासको मत रहेको भन्दै उनले मन्त्रीहरूले राजीनामा नदिने बताएका हुन् । एकीकृत समाजवादीबाट सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकासमन्त्री धनबहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

सरकार फेरबदल हुने निश्चित भएसँगै नेकपा एमालेका मन्त्रीहरूले भने राजीनामा बुझाइसकेका छन् । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यस्तै, रास्वपाका मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।