तनहुँमा सवारी चालक अनुमतिपत्रको परीक्षा फेरि सञ्चालन हुँदै

तनहुँमा सवारी चालक अनुमतिपत्रको परीक्षा फेरि सञ्चालन हुँदै



तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही आउँदाे आइतवार असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ । गएको चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो ।

सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ शुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिनुभयो । तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो ।

सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसपछि आयोगले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।