पीआरको विषयमा शिक्षामन्त्री सुमनामाथि छानबिन गर्दै सतर्कता

पीआरको विषयमा शिक्षामन्त्री सुमनामाथि छानबिन गर्दै सतर्कता


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको भन्ने उजुरीमाथि छानबिन सुरु भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठको पीआरको विषयमा परेको उजुरीमाथि छानबिन सुरु गरेको हो ।

शिक्षामन्त्री श्रेष्ठसँग पीआर रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी प्रधानमन्त्री कार्यालय हुँदै सतर्कता केन्द्रसम्म पुगेको हो । उजुरीका विषयमा छानबिन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि सतर्कता केन्द्रले छानबिन थालेको हो ।

सतर्कता केन्द्र स्रोतका अनुसार मन्त्री श्रेष्ठको पीआरको विषयमा छानबिन अघि बढेको छ भने पहिलो चरणमा मन्त्रीसँगै जानकारी लिने तयारी भएको छ । श्रेष्ठले बैंक खाता खोल्दा आफू युरोपेली युनियन (मातहतको देश पोल्यान्ड)को नागरिक भएको भनेर कागजात पेस गरेको भनी परेको उजुरीका आधारमा सतर्कताले छानबिन थालेको हो ।

मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रेष्ठले आफ्नो श्रीमान् पाबल स्वाकिन्स्कीको बैंक खातामा १ लाख ८९ हजार र १ लाख ८० हजार अमेरिकन डलर जम्मा रहेको उल्लेख गरेकी छन् ।