आगलागीले धनकुटामा तीनवटा घर जलेर नष्ट

आगलागीले धनकुटामा तीनवटा घर जलेर नष्ट


ग्लोब नेपाल
0
Shares

धनकुटा । धनकुटाको महालक्ष्मीमा गएराती भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित रामबजारमा राति साढे १ बजेतिर शुरु भएको आगलागीमा तीन वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट शुरु भएको आगोलागिबाट छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घर समेत जलेका छन् ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए ।