सभामुखद्वारा २८ गते प्रधानमन्त्रीले विश्वासको लिने संसद्लाई जानकारी

सभामुखद्वारा २८ गते प्रधानमन्त्रीले विश्वासको लिने संसद्लाई जानकारी



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सभामुखले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’