च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिपमा भारतले राेहितकाे कप्तानीमा खेल्छ : जय शाह

च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिपमा भारतले राेहितकाे कप्तानीमा खेल्छ : जय शाह



काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आईसीसी च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) मा भारतको नेतृत्व रोहित शर्माले गर्ने बताएका छन् ।

बीसीसीआईले शेयर गरेको भिडियोमा जय शाहले आउने च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिपमा रोहित शर्मा नै भारतीय टिमको कप्तान हुने बताएका हुन् । यी दुवै प्रतियोगिता आउँदो वर्ष हुँदैछ ।

बारबाडोमा दक्षिण अफ्रिकालाई हराउँदै रोहित शर्माको कप्तानीमा भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको एक हप्तापछि बीसीसीआई सचिवको यस्तो टिप्पणी आएको हो ।

भारतले सन् २००७ पछि दोस्रो पटक टी–२० विश्वकप जितेकोमा जय शाहले बधाई पनि दिएका छन् । यस्तै उनले रोहित शर्माकै कप्तानीमा भारतले च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिप पनि जित्ने विश्वास व्यक्त गरेका छन् ।