कांग्रेस–एमालेद्वारा मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

कांग्रेस–एमालेद्वारा मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह



धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

आइतबार कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेता र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।

एमालेले सुदूरपश्चिम सरकारबाट बिहीबार समर्थन फिर्ता लिएर मन्त्रिपरिषदबाट बाहिरिएको थियो ।

कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेकाले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन मुख्यमन्त्री सोडरीलाई आग्रह गरेका छन् ।

कांग्रेस र एमाले केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा दुई दलले कांग्रेसकाे नेतृत्व नयाँ सरकार बनाउने छन् ।