च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा एक महिला गम्भीर घाइते

च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा एक महिला गम्भीर घाइते


ग्लोब नेपाल
81
Shares

दाङ । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षिय सहरी घर्ती गम्भीर घाइते भएकी हुन् ।

आज विहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी बुटवल लगिएको छ ।

घर्ती चार-पाँच जनाको समुहमा च्याउ टिप्न जंगल गएकी थिइन् । उनका दुई जना साथीलाई भालुको नंग्रा लागेको भए पनि भाग्न सफल भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।