मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर

६ महिना कैद र १० हजार जरिवाना


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको अदालतको सूचना अधिकारी यज्ञ प्रसाद रेग्मीले बताए ।

रेग्मीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवाना सुनाइएको छ ।

गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेस गरेको बताइएको छ ।