प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% प्राइम डिबेञ्चर २०९१” नामक प्रति ऋणपत्र अंकित मुल्य रु.१,०००/ दरको ३०,००,००० कित्ताले हुने रकम रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १८,००,००० कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवर (Private Placement) बाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२,००,००० कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।