ललितपुर । कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीका लागि मापदण्ड तय गरेको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले मन्त्री चयनको मापदण्ड तय गरेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमताका आधारमा मन्त्री पठाउने निर्णय भएको जानकारी दिए ।
उनले ओली सरकारमा सहभागी सबै मन्त्रीले एकैपटक सपथ लिने पनि बताए । यद्यपि प्रधानमन्त्रीको सपथपछि मात्र काँग्रेस–एमालेसहित सत्ता गठबन्धनको पक्षमा उभिएका साना दलहरुबीच भागबण्डा हुने र त्यसपछि मात्र पार्टीका मन्त्री टुंगो लगाइने उल्लेख गरे ।
श्रोतका अनुसार काँग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको टुंगो लागिसकेको छ । यस्तै हृदयराम थानी, जीवन परियार, अजय चौरसिया, सरिता प्रसाईं मन्त्री बन्ने करिब पक्काजस्तै छ ।


प्रतिक्रिया