काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सरेको छ ।
सङ्घीय संसद् सचिवालयले शनिबार एक सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।
आइतबार अपराह्न १:१५ मा बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी सारिएको संसदका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।


प्रतिक्रिया