कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालय विभाजन

कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालय विभाजन


ग्लोब नेपाल
9.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्। एमालेले प्रधानमन्त्रीसहित ८ वटा र कांग्रेसले ९ वटा मन्त्रालय लिने सहमति भएको थियो । बाँकी मन्त्रालय सरकारमा सहभागी साना दलले पाउने छन् ।

एमालेले अर्थ, भौतिक पूर्वाधार, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय परेको समाचारस्रोतको दाबी छ ।

परराष्ट्र, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय अन्य साना दलले पाउने छन् ।