काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका छन् ।
शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गृहमन्त्री लेखक सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका हुन् ।
मन्त्री लेखकले आफ्नो पहिलो काम प्राकृतिक प्रकोपबाट निर्माण भएको विषम परिस्थितिलाई सम्बोधन गर्ने हुने बताएका छन् । उनले आफ्ना सबै काम विधिको शासन कायम गर्नमा केन्द्रित हुने बताउदै आफुले सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।
लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।
सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।


प्रतिक्रिया