काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले राणालाई सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले परराष्ट्रमन्त्रीको रुपमा राणासँग बहुआयामिक साझेदारीका थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन् ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् विस्तार गरेपछि नेपाली कांग्रेसकी नेतृ राणालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
प्रतिक्रिया