परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता



काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् । भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि पराष्ट्रमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइसकेका छन् ।