प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय



काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

६ सांसद रहेकाे जनमत पार्टीको शुक्रबार बसेकाे बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।

तर मधेश प्रदेशमा कांग्रेस र एमालेको साथमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ । मधेश सरकारले बिहीबार मात्रै पूर्णता पाएको थियो ।