मुख्यमन्त्री आचार्यद्वारा पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री आचार्यद्वारा पद तथा गोपनीयताको शपथ


ग्लोब नेपाल
81
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री आचार्यले आजै ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।