काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकार केन्द्रित नभइ आम नागरिकमा जाने बताएका छन् ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले सरकार बाहिर हुँदा अब सङ्गठन बिस्तार गर्ने अवसर मिलेको बताए ।
उनले सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सैह्य नभएर विचौलियाको पहलमा नयाँ गठबन्धन बनाइएको आरोप लगाए ।
आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले आफूहरू विजेता र सरकारमा गएका पराजित भएको टिप्पणी गरे ।
प्रतिक्रिया