कांग्रेस-एमालेबीच राजदूत भागबण्डा

कांग्रेस-एमालेबीच राजदूत भागबण्डा


ग्लोब नेपाल
2.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्।

सत्ताको नेतृत्व गरिरहेको एमालेबाट चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन् भने काँग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको बताइएको छ ।

अरू रिक्त रहेका देशमा पनि चाँडै टुङ्ग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ। यसअघि एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा ११ देशको राजदूत फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका अधिकांश काँग्रेसको कोटाबाट नियुक्त भएका थिए।