मन्त्री दीपक मनाङेको अशोभनीय तस्बीर भाइरल

मन्त्री दीपक मनाङेको अशोभनीय तस्बीर भाइरल


ग्लोब नेपाल
729
Shares

काठमाडौं । गन्जी लगाएर कार्यकक्षको कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) चर्चामा छन् ।

सामाजिक सञ्जालमा उनको उक्त अशोभनीय तस्बिर भाइरल भएको छ । उनको दायाँतर्फ निलो हाफ सर्ट, सेटो पाइन्ट र कालो चश्मा लगाएका युवक बसेको देखिन्छ ।

मनाङेले रातो रङको ज्याकेटजस्तो देखिने कपडा चेम्बेरसँगैको ह्याङ्गरमा झुण्डाएका छन् । तस्बिरमा नदेखिए पनि सिधा अगाडि रहेका मानिससँग बोलिरहेको भावभङ्गीमा देखिन्छन् मनाङे ।

मनाङ मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा निर्वाचित मनाङे यसअघि मन्त्री खानकै लागि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । समाजवादी प्रतिपक्षमा बसेपछि उनले पार्टी छाडेको घोषणा गरे ।

यसअघि उनी अदालतबाट पदच्युत भएका मुख्यमन्त्री खगराज अधिकारीको सरकारमा पनि भौतिक पूर्वाधार मन्त्री थिए । काँग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेर्लाइ विश्वासको मत दिएपछि उनले सोही मन्त्रालय छाडेनन् । पटकपटक गरी उनको यो मन्त्रीमा छैटौं कार्यकाल हो ।

उनीमाथि केही दिनअघि मात्र मन्त्रालयमै मदिरा पिएर कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि विवादमा आएका थिए ।