नागरिकको निराशा चिर्न भाषणभन्दा धेरै काम गर्नुछ : उपप्रधानमन्त्री सिंह

नागरिकको निराशा चिर्न भाषणभन्दा धेरै काम गर्नुछ : उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल फ्रेट फरवार्डरस एसोसिएसनको आयोजनामा भएको ३०औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले धेरै भाषण गर्नेभन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाएका हुन् । सोही अनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्ने गरी आएको बताए । उनले ऐन, कानुनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहले सरकारलाई दबाब र सुझाव दिएमात्रै कामहरु छिटो छरितो र व्यवस्थित हुने बताए । उनले समस्या परेका ठाउँलाई सहज र नीतिगत रूपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताए ।