काठमाडौं । विवश दर्लामीको ह्याट्रिकसँगै जावलाखेल युथ क्लबले एन्फा यु-१८ युथ लिगमा दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार जावलाखेलस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले चर्च ब्वाइजलाई ४-२ गोलअन्तरले पराजित गरेको हो ।
२५औं मिनेटमा विवशको गोलबाट जावलाखेलले सुरुआती अग्रता लिएको थियो । त्यस्तै ३०औं मिनेटमा नै प्रशान्त तामाङले अग्रता दोब्बर बनाए ।
३५औं मिनेटमा चर्च ब्वाइजका अमनबहादुर तामाङले गोल गर्दै खेल २-१ मा ल्याएका थिए । तर फेरी ७०औं मिनेटमा विवशले अर्को गोल थप्दै जावलाखेलको अग्रता बढाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा विवशले ह्याट्रिक पूरा गर्दै जावलाखेललाई तीन अंकसहित ४-२ को जित दिलाए ।
जितसँगै जावलाखेलले पाँच खेलबाट पाँच अंक जोडेको छ । चर्च ब्वाइजको समान खेलबाट सात अंक रहेको छ ।
प्रतिक्रिया