काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले सातदोवाटो युथ क्लबलाई ६–१ गोलले हराएकाे हाे । पुलिसको जितमा विक्रम गौतम र कप्तान सुवास बमले दुई दुई तथा सजनराज गौतम र गणेश मगरले एक एक गोल गरे ।
सातदोवाटोका लागि निश्पक्ष बरालले सान्त्वना गोल फर्काए । जितसँगै शीर्षस्थानमा रहेको पुलिसले पाँच खेलबाट १३ अंक बनाएको छ । पराजित सातदोवाटोको चार अंक छ ।
प्रतिक्रिया