विराटनगर । मोरङमा जेलबाट छुटेलगत्तै एक जनाले फेरि हत्या गरेका छन् । उर्लाबारी–५ का सुवास तामाङले गएराति आफ्नै घरमा छुरा प्रहार गरी उर्लाबारी–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घटनापछि फरार रहेका तामाङको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
तामाङ यसअघि पनि हत्या मुद्दामा १० वर्ष जेल बसेका थिए । सजाय भुक्तान गरी उनी तीन महिनाअघि मात्र रिहा भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । तामाङले ८ असोज २०७१ मा आफ्नै साथी उर्लाबारी–२ का नविन राईको ढुंगाले हानेर हत्या गरेका थिए ।
प्रतिक्रिया