काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । सिंहदरबार गेट अगाडि रहेको पार्टी निकट औषधि व्यवसायीको स्वामित्वमा रहेको बसेरा होटलमा ओलीले पार्टी बैठक बोलाएका हुन् ।
उक्त होटल एमाले निकट च्यासलस्थित पार्टी मुख्यालयमा बाढी पसेका कारण होटलमा बैठक बस्न लागिएको एमालेले जनाएको छ । बैठकमा सरकारको काम प्रभावकारी बनाउने, नेताहरुको कार्यविभाजन गर्नेसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ । श्रोतका अनुसार बैठकबाट एक नेता एक पदको नीतिअनुसार कार्यविभाजन गर्ने तयारी छ ।
अध्यक्ष ओलीबाहेक अरु नेता ‘एक पद एक जिम्मेवारी’ मा रहने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया