राजीवविक्रमको नेतृत्वमा कांग्रेस कर्णाली सरकारमा सहभागी हुँदै

राजीवविक्रमको नेतृत्वमा कांग्रेस कर्णाली सरकारमा सहभागी हुँदै



काठमाडौँ । नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको छ ।

प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको हो । जाजरकोटबाट निर्वाचित सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने भएकाे हाे ।

सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको हो ।

बिहीबार राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी आज बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको कांग्रेस प्रमुख सचेतक विष्टले बताए ।

८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चार वटा कांग्रेसले सम्हाल्ने सहमति भएको नेताहरू बताउँछन् ।

कांग्रेसले पठाएकाे नाम अब मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाउने र शपथ गराउने तयारी भइरहेकाे छ ।