रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु


ग्लोब नेपाल
81
Shares

रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।