डोटी । डोटीमा जंगली जनावर शिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा शिकार खेल्न गएका ३० वर्षीय अमर थापाको मृत्यु भएको हो । डोटी प्रमुख एसपी विष्णुहरि कोइरालाका अनुसार साथीले हानेको गोली थापालाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कोइरालाले बताए ।
उनीसँगै गएका पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउद पक्राउ परेका छन् । डोटीको नारीदाङमा धानबारीमा लुकेको अवस्थामा शुक्रबार राति १० बजेतिर पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया