काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् ।
पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा सोव र आर्थिक विभाग प्रमुखमा हिसिला यमि तोकिएकी छन् । त्यसैगरी १२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज, विज्ञ परिषद्मा सदस्य थप र आयोगका पदाधिकारीको जिम्मेवारी समेत तोकिएको सो पार्टीले जनाएको छ ।
उत्पादन तथा स्वरोजगार विभाग प्रमुखको भक्तबहादुर शाहलाई दिइएको छ । साथै प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी यमी भट्टराई, केन्द्रीय कार्यालय व्यवस्थापन विभाथ प्रमुखमा रोशन पोखरेल र व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको नेसपाले जनाएको छ ।
प्रतिक्रिया