कोशीमा शेखरले रोके मन्त्रिपरिषद् विस्तार

कोशीमा शेखरले रोके मन्त्रिपरिषद् विस्तार

बुढानीलकण्डमा पदाधिकारी बैठक


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौं । सहमतिअनुसार कोशी प्रदेशमा कांग्रेसको भागमा परेको ४ वटा मन्त्रालय परेको छ । कांग्रेसले ४ जना मन्त्रीको नाम पठाउन नसक्दो मन्त्रिपरिषद् विस्तार रोकिएको छ । ४ मध्ये दुई मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने माग राखेर शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग अडान राखेपछि मन्त्रीको नाम फाइनल भएको छैन ।

कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । यो समाचार तयारी पर्दासम्म सभापति देउवा निवासमा बैठक जारी छ ।

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौं आएका छन् । कोशीमा कांग्रेस एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ ।

तर कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट १ जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी रहेको छ ।

यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकाङ्क्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनुपर्ने बताउँदै आएको छ । चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट २ जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट १ जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।