लेदोसहितको पहिरोले पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध

लेदोसहितको पहिरोले पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध


ग्लोब नेपाल
81
Shares

पाल्पा । अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अवरुद्घ भएको छ । मंगलबार बिहान तिनाउ- ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन बन्द भएको हो ।

वर्षाका कारण पहिरो झर्ने क्रम जारी छ । माथिल्लो भागबाट झरेको लेदोले कार र जिप पनि हिलोमा फसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

पहिरो पन्छाएर सवारी संचालनका लागि सडक डिभिजन कार्यालयको मेसिन र ट्राफिक प्रहरी उक्त स्थानमा खटेका छन् । पानी नरोकिएको अवस्थामा पुन लेदो झर्ने हुदा जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।