काठमाडौं । क्युबाका कुस्तीबाज मिजेन लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै स्पर्धामा लगातार पाँच पटक स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् ।
४१ वर्षीय लोपेजले चिलीका कुस्तीबाज यास्मिन अकोस्टालाई हराएर कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । उनले पुरुषतर्फ ग्रिको–रोमन कुस्तीको एक सय ३० किलो श्रेणीमा स्वर्ण पदक जितेका हुन् । मिजेल लोपेजले २३ ओलम्पिक खेलमा मात्र एक खेल हारेका छन् ।
ओलम्पिकमा लगातार चार पटक स्वर्ण पदक जित्नेमा लोपेजसहित कार्ल लुई, माइकल फेल्प्स, केटी लेडेकी, अल ओर्टर, पल एल्वस्ट्राम र काओरी इको छन् ।
प्रतिक्रिया