काठमाडौँ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा मच्छिन्द्र क्लबसँग बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिस र मच्छिन्द्रले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मच्छिन्द्र सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
मच्छिन्द्रका लागि पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोनिक रानामगरले गोल गरे । पुलिसका लागि विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले गोल गरेका थिए । बराबरीसँगै आठ खेलबाट २० अंक बनाएको पुलिस शीर्षस्थानमा छ । समान खेलबाट १५ अंक बनाएको मच्छिन्द्र चौथो स्थानमा छ ।
प्रतिक्रिया