मैले मन्त्री पदलाई ठूलो ठानेको छैन : मन्त्री पाण्डे

मैले मन्त्री पदलाई ठूलो ठानेको छैन : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठूला र दुर्लभ पद नठानेको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा दुई उडान दुर्घटनाका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘मन्त्री पदलाई मैले ठूलो र दुर्लभ पद ठानेको छैन । म आफ्नो ईमान र मेहेनतको भरमा काम गरिरहेको छुँ,’ पाण्डेले भने ।

उनले अहिले मन्त्रालय मातहतका वेथिती र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको पनि दाबी गरे ।

हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको उनले बताएका छन् ।

यो समयमा हवाइ सुरक्षाको लागि गर्नुपर्ने काममा केन्द्रित हुने उनले बताएका छन् ।