काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए ।
मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ ।
बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्याएकाले पनि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए ।
प्रतिक्रिया